२०८३ साउन १३ गते बुधबार

धरमर प्रदेशका सरकार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १२
lumbini
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

संघीय सरकारमा सत्ता गठबन्धनबाट नेकपा एमालेको बहिर्गमनसँगै प्रदेशहरूमा पनि सरकारमा परिवर्तनको खेल सुरु भएको छ। करिब तीन महिना सरकारबाहिर बसेको नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी हुने प्रक्रिया थालेसँगै प्रदेशका सरकारहरूमा पनि परिवर्तन गर्ने प्रयास थालिएको हो।

पुस १० मा बनेको संघको गठबन्धनअनुसार नै प्रदेशहरुमा पनि सरकार परिवर्तन भएको थियो। तर पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएसँगै प्रदेशका सरकारहरू पनि अप्ठेरोमा पर्न थालेका थिए।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन्। माओवादीले एमालेबाट मुख्मन्त्री बनेका लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखलाई बुझाइएको पत्र।

माओवादीका मन्त्रीहरुले भने आइतबार मात्र मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका थिए। राजीनामा बुझाएलगत्तै उनीहरुसहित सांसदको टोली अर्को पत्र लिएर प्रदेश प्रमुखसमक्ष पुगेका हुन्। संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। तर सत्ता गठबन्धनका दलहरू उक्त ३० दिन पनि कुर्ने मनशायमा छैनन्।

गण्डकीमा नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा मागिसकेको छ। नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका अधिकारीलाई दिएको समर्थन माओवादीले शुक्रबार फिर्ता लिएसँगै कांग्रेसले अधिकारीको राजीनामा माग गरेको हो। माओवादीले समर्थन फिर्ता लिएको भोलिपल्टै शनिबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरी अधिकारीको राजीनामा माग गरेका हुन्।

गण्डकी कांग्रेस संसदीय दल।

मुख्यमन्त्री अधिकारी भने आफूले कांग्रेसले भन्दैमा राजीनामा नदिने तयारीमा छन्। उनले आफूले बरु विश्वासको मतको सामना गर्ने तर कांग्रेसले भनेजसरी राजीनामा निदने अडान लिएका छन्।

‘राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरणले भने हामीले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ,’ पाण्डेले भने, ‘निर्वाचनपछि केही समय ‘लिक’ बाहिर पुगेको राजनीति ‘लिक’मा प्रवेश गरेको महसुस गरेका छौं।’

पाण्डेले चुनावमा होमिँदा जनतासामु व्यक्त गरेको प्रतिबद्धता साझा भएकाले काँग्रेस माओवादीको यो गठबन्धन नै प्राकृतिक भएको बताए। उनले ७ मन्त्रालयबाट बढाउने पक्षमा आफू नभएको पनि बताए। गण्डकी सरकारको नेतृत्व ठूला दलको नाताले स्वभाविक रुपमा कांग्रेसको हुने पनि उनले उल्लेख गरे।

गण्डकीमा माओवादीले शुक्रबार समर्थन फिर्तासँगै २ मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। ६० सदस्यीय प्रदेश सभामा हालकै अवस्थामा उनले बहुमत पुर्‍याउन सक्ने अवस्था छैन। सभामा एमालेको २२ सिट र राप्रपाको २ सिट छ।

कर्णालीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि बहुमत पुग्छ। नेकपा एसका एक जना निर्वाचित भएको कर्णालीमा राप्रपा र स्वतन्त्र एकएक जना छन्।

नेकपा एमाले भने तत्काल सरकार परिवर्तन नगर्ने पक्षमा छ। शर्मालाई दिएको विश्वासको मत उसले फिर्ता लिएको छैन।

बागमतीमा केन्द्रीय सत्ता समीकरणका दलहरूले प्रदेश सरकार गठन गर्न प्रक्रिया सुरु गरेका छन्। एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शालिकराम जम्कटेलले विश्वासको मत लिइसकेका छन्। अब बाग्मतीमा कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत पार्टी सरकारमा सहभागी हुनेछन्।

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल।

सरकारमा सहभागी पार्टी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता गरेर बाहिरिएका थिए। तर, केन्द्रीय राजनीतिमा सहमति नभएका कारण सरकार विस्तार भने हुन सकेको छैन।

जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरोजकुमार यादवकै नेतृत्वमा रहने देखिएको छ। १०७ सिट रहेको मधेस प्रदेशमा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ। एमाले, राप्रपा र जनमतलगायत दलले यादवलाई समर्थन नगरे पनि सरकार बन्ने अवस्था छ।

९३ सिट रहेको कोशी प्रदेशमा भने माओवादी सरकारमा रहने कि फिर्ता आउने भन्ने विषय विवादमै छ। माओवादीका ४ जना सांसद सरकारबाट बाहिरिनु हुन्न भन्ने पक्षमा छन् भने अन्य सांसद सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन्। एमाले एक्लैको ४० सिट रहेको यो प्रदेशमा बहुमत पुग्न ४६ सिट चाहिन्छ।

कोशी प्रदेशमा राजनीतिक जटिलता भएका कारण सरकार परिवर्तनका विषयमा माओवादीले छलफल सुरु गरेको छैन। यो प्रदेशमा माओवादीभित्र मतभेद छ।

यसैअनुसार सबैभन्दा पहिले सुदुरपश्चिमको सरकार ढालेर कांग्रेसले मुख्यमन्त्रीमा विश्वासको मत पाइसकेको छ।सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले माघ २६ गते विश्वासको मत पाउनका लागि प्रस्ताव गरेका थिए। तर उनले २१ मत मात्र पाए। ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री रावलले विश्वासको मत पाउनका लागि बहुमत आवश्यक पर्छ। उक्त प्रस्तावको पक्षमा एमालेका १०, माओवादी केन्द्रका १० र राप्रपाका एक गरी २१ जनाले मात्र मतदान गरे। योसंगै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।

यसपछि नेपाली कांग्रेसको तर्फबाट बनेका मुख्यमन्त्री कमलबहादुर शाहले भने फागुन २१ गते विश्वासको मत पाएका छन्। उनलाई ४१ सांसदले विश्वासको मत दिएका थिए भने विपक्षमा ११ मत परेको थियो। सुदूरपश्चिममा माओवादी, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह।

माओवादीको नेतृत्वमा सरकार रहेको कर्णालीमा तत्काल सरकार परिवर्तनको तयारी छैन। कर्णालीमा संघको जस्तै आवश्यक परे बरु विश्वासको मत पुन: लिने तर सरकार परिवर्तन नगर्ने मनशायमा माओवादी छ।

विश्वासको मत पुन लिनुपरेको अवस्थामा मुख्यमन्त्री शर्मालाई कांग्रेस र समाजवादीसहितका दलले विश्वासको मत दिने आकलन छ। यद्यपि कांग्रेसले भने मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

४० सदस्यीय कर्णालीमा एमालेका १० सांसद छन्। १४ सांसद भएको कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो भने १३ सिट भएको माओवादी दोस्रो ठूलो दल हो।

प्रकाशित: २०७९ चैत १२ गते आईतबार ०६:४८
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना