काठमाडौँ- काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ।
महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच छलफल भएपछि महानगरले बुढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो।
हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन।
यसअघि बुढानीलकण्ठका स्थानीय र जनप्रतिनिधिले महानगरको कार्यक्षेत्र नपर्ने भन्दै डोजर चलाउन रोक लगाएका थिए। यस क्रममा झडपसमेत भएको थियो।








