काठमाडौं । शुक्रबार रातिदेखिको लगाताकारको वर्षाका कारण देशका अधिकांश सडक राजमार्गहरु अवरुद्ध भएका छन् । लगाताकार वर्षाले ठाउँ ठाउँमा पहिरो गएको छ भने कतिपय सडकखण्डमा बाढीका सडक अवरुद्ध हुन पुगको छ ।
लगातारको वर्षाले बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो जाँदा बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, डुम्रे–बेशीसहर–चामे सडक पनि लगातारको वर्षाको कारण अवरुद्ध छ । सो सडक खण्डमा यातायात ठप्प भएको छ । यता, तानसेन–रिडी–कोरला सडक पनि केही दिन देखि अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीँटार–अमरपुरडाँडा–गणेशचोक सडक खण्ड पनि बन्द भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने बाहुनडाँगी–धरान–चतरा, गाइघाट, कटारी, सिन्धुलीमाडी–हेटौडा, गैडाकोट, राम्दी, सन्धीखर्क, सुर्खेत, रुपाललगायतका सडक खण्डहरु पनि अवरुद्ध भएका छन् ।
यता, मध्यपहाडी लोकमार्गमा पनि ठाउँ ठाउँमा सडकमा पहिरो खसेको छ । कालीगण्डकी करिडोरअन्र्तगत मालढुंगा–पालुङखोला–अर्बेनी सडकखण्ड पनि अवरुद्ध भएको जनाइएको छ ।


