काठमाडौँ- नेपाल राष्ट्र बैंकअन्तर्गत टक्सार महाशाखाले ब्रेकसुबाट सुन निकाल्न थालेको छ। सोमबार टक्सारले ब्रेक-शु र सुन छुट्याउन थालेको हो।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद सुन १ सय किलो हुन सक्ने अनुमान गरिएपनि हालसम्म ब्रेक शु र सुन छुट्याउने काम नै भएको थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्नका लागि ब्रेक शुबाट सुन निकाल्न थालिएको हो।








