काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन्।
सोमबार पनि सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने ‘सभामुखको क्रियाकलाप यो सचिवालयको यो क्रियाकलाप यो सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरिएकै हो।’
उनले अवरुद्ध सदनको सन्दर्भमा थपे ‘संसद हाइज्याक गर्न पाईदैन। त्यो सम्मान कायम राख्न सक्नु पर्छ दल छोडेर संसद छिरिसकेपछि। दलको बन्न पाइदैन। व्यवहारले पनि पाईदैन। क्रियाकलापले पनि पाइदैन। भित्री रुपमा पनि पाइँदैन, बाहिरी रूपमा पनि पाइँदैन।’
यसले लोकतन्त्रको मान्यतामाथि कुठारा घात हुन्छ हुने तर्क उनको छ।
नियोजित रूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको भन्दै उनले यसबारे आफ्नो पार्टीले गम्भीर ढंगले त्यसको जवाफ दिन बाध्य हुने चेतावनी दिए।


