मुगु–मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज७७६२ नम्बरको बोलेरो जिप सोरु–७ चिप्लेगाडामा दुर्घटना भएको थियो।
जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।
प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेका छन्।
यस्तै, गम्भीर घाइतेमा मुगु सोरु गापा–७ सीपगाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजंग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहरा पनि घाइते भएका छन्।
गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँच हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ।



