काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
बैठक मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा सरकारमा सहभागी हुने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।


