धनगढी- ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रत्येक वर्ष भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ।
साउने झरी सकिएको बेलामा दैवीप्रकोपबाट बच्न सफल भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने यो पर्वमा मान्यजनलाई उपहारमा फलफूल दिने गरिन्छ।


