काठमाडौं– सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्याइएको छ। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय कायम गरेको हो।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम १ साउनदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको जनाएको छ। मन्त्रालयका अनुसार श्रमिकको आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्तासहित १७ हजार पुगेको हो। त्यस्तै दैनिक पारिश्रमिक ६६८ र प्रतिघन्टा ८० रुपैयाँ पुगेको छ।
आंशिक समय काम गर्ने कामदारको प्रतिघन्टा पारिश्रमिक ९५ रुपैयाँ पुगेको छ। मन्त्रालयले रोजगार सम्झौता गर्दा सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम रकम लिन/दिन नपाइने मन्त्रालयले रोजगारदाता र श्रमिक दुवैलाई सचेत गराएको छ।


