२०८३ कार्तिक ११ गते मङ्गलबार

प्रतिस्पर्धा किरण र चेन्चोको : चेन्चोले गोल हानेर देखाउने, किरणले रोकेर!

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १३
kiran chhhe
नेपालका कप्तान किरणकुमार लिम्बू (बायाँ) र भुटानका फर्वार्ड चेन्चो ग्याल्सेन।

काठमाडौँ- १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गोल गरेका खेलाडी हुन्, चेन्चो ग्याल्छेन। भुटानी रोनाल्डो नामले परिचित चेन्चोकै उत्कृष्ट प्रदर्शनमा भुटान १३औं साफको फाइनलसम्म पुग्यो । तर, फाइनलमा घरेलु टोली नेपालसँग पराजित हुँदै रजतमा समीति भयो।

अहिले भुटानी टिम नेपालमा छ । प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटानी टिमको नेतृत्व उनै चेन्चो गरिरहेका छन्। प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा भोलि दशरथ रंगशालामा भुटानले नेपालको सामाना गर्दैछ। फाइनल प्रवेशका लागि यो खेल दुवैका लागि महत्वपूर्ण छ।

यो खेलालाई भुटान र नेपालको भीडन्तका रुमपा मात्र होइन्, दुई कप्तान चेन्चो र किरणकुमार लिम्बूबीचको भीडन्तका रुपमा पनि हेरिएको छ।

क्लब फुटबलसँगै खेलेकाले चेन्चो र किरण राम्रा साथी हुन्। टिममेट भएका यी दुईबीच हसिजाक पनि चल्छ, र खेलका विषयमा पनि कुरा हुन्छ।

क्लब फुबटलका टिममेट अहिले प्रतिस्पर्धी बनेका छन्। चेन्चो र किरण दुवैले राउन्डग्लास पञ्जाबबाट भारतीय आई लिग खेल। यी दुवैको उत्कृष्ट प्रदर्शन मद्दतमा पञ्जाब च्याम्पियन बन्दै शीर्ष डिभिजन सुपर लिगमा बढुवा भयो। किरण प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने।

चेन्चोलाई भारतीय स्ट्राइकर सुनिल क्षेत्रीपछि दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा हेर्ने गरिन्छ।

क्लब फुटबलसँगै खेलेकाले चेन्चो र किरण राम्रा साथी हुन्। टिममेट भएका यी दुईबीच हसिजाक पनि चल्छ, र खेलका विषयमा पनि कुरा हुन्छ।

‘हामीबीच हसिमजाक, ठट्टासँगै खेलको विषयमा पनि कुरा हुन्छ । मविरुद्ध गोल गर्छु भनेर चेन्चो ठट्टा गर्छन्,’ प्रतियोगिताअघिको प्रिम्याच कन्फ्रेन्समा नेपाली कप्तान किरणले भने, ‘अनि म चेन्चोलाई भन्छु– तिमीलाई गोल गर्न दिने छैन, म मेरो टिमलाई सुरक्षा गर्नेछु।’

आफूहरुबीच हसिमजक चलेपनि दुवैले आफ्नो देशको प्रतिनिधित्व गरिरहेको किरणले बताए। किरणविरुद्ध दोस्रो पटक मैदान उत्रन लागेका २६ वर्षीय चेन्चोले गोल भने गर्न सकेका छैनन्। चेन्चोले भुटानी टिममा डेब्यू नै किरणविरुद्ध खेलेर गरेका थिए। उनले सन् २०११मा पोखरामा भएको नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए। त्यो खेलमा किरण र चेन्चो दुवैले ९० मिनेट मैदानमा बिताएका थिए।

किरण चेन्चोभन्दा सिनियर र अनुभवी खेलाडी हुन्। र, उनी किरणलाई सम्मान पनि गर्छन् । भन्छन्, ‘उनी मलाई सँधै पढाउँछन् र सिकाउँछन् पनि। अनि तिमीले मविरुद्ध गोल गर्न सक्दैनौं।’

(यो समाचारमा यसअघिमा भएको नाम ‘छेन्जो ग्याल्छेन’लाई परिवर्तन गरी ‘चेन्चो ग्याल्सेन’ बनाइएको छ। -सं)

प्रकाशित: २०७९ चैत १३ गते सोमबार ०७:११
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना