२०८३ कार्तिक १२ गते बुधबार

कोशी प्रदेशसभा : मतदान गरेको एमालेले किन सुन्न चाहेन परिणाम?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ४
koshi

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिनका लागि उपसभामुख सिर्जना दनुवारसँग समय मागे। मुख्यमन्त्री थापाको मागबमोजिम दनुवारले पनि सोमबार दिउँसो १ बजेका लागि विश्वासको प्रस्ताव पेस गर्न समय दिइन्। तर सोमबारका लागि बैठक तोकेकी दनुवार एकाबिहानै यती एयरलाइन्सको जहाज चढेर विराटनगरबाट काठमाडौँमा अवतरण भइन्।

कोशीमा सभामुख छैनन्। सभामुख नहुँदाको अवस्थामा प्रदेश सभाको नेतृत्व गर्ने जिम्मेवारी उपसभामुखको हो। तर दनुवार यसबाट पन्छिइन्। कोशीको प्रमुख प्रतिपक्षी दल एमालेबाट सांसद निर्वाचित भएपछि उनी उपसभामुखमा चयन भएकी थिइन्।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर उद्धव थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेपछि उक्त पद रिक्त भएको हो। तर उपसभामुख दनुवार पनि बैठकमा अनुपस्थित बनेपछि प्रदेशसभाको बैठक चलाउने जिम्मेवारी अध्यक्ष मण्डलका सदस्य इस्माइल मन्सुरीको काँधमा आएको थियो।

अध्यक्ष मण्डलमा एमाले र राप्रपाका सांसदको स्थान मन्सुरीको भन्दा पहिल्यै आउँछ। तर उनीहरू पनि बैठकमा अनुपस्थित भएका थिए।

उपसभामुख दनुवार काठमाडौँ लागेपछि सोमबारको बैठक स्थगित गर्ने निचोडमा मुख्यमन्त्री थापा पुगिसकेका थिए। उनले भदौ १३ भित्र उपयुक्त कुनै दिनमा विश्वासको मत लिने कुरा सार्वजिक सञ्चारमाध्यममा  बताइसकेका पनि थिए।

यसपछि सत्ता गठबन्धनका दलहरुको बैठक बस्यो। बैठकले सोमबारै विश्वासको मत लिने निर्णय जुटायो। यसपछि दिउँसो ३ बजेका लागि बैठक बस्ने निर्णय गरेर सांसदहरु बाहिरिए। सत्ता गठबन्धनका नेताहरूको बैठकले सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने विषयमा सहमति जुटाएका थिए।

सहमति गरेर सत्ता गठबन्धनका सांसद बाहिरिएसँगै प्रदेशसभा सचिवालयले विश्वासको प्रस्ताव पेस गर्ने र त्यसका लागि आवश्यक तयारीमा जुट्यो।

बैठक सुरु भयो। अध्यक्षता कांग्रेस सांसद मन्सुरीले गरे। प्रतिपक्षी र पक्षका सांसदहरूले आफ्ना तर्क गरे। प्रश्नोत्तर कार्यक्रम चल्यो। एमालेका रेवती भण्डारी चर्किएर प्रस्तुत हुँदा मुख्यमन्त्री थापा शालीन देखिए।

बोल्ने क्रम सकिएपछि मन्सुरीले मतदानको तयारी गराए। मतदान पनि भयो। मत सच्याउन मन्सुरीले समय दिए। कसैले आफ्नो मत सच्याउनका लागि नाम टिपाएनन्। यसबेलासम्म नियमित रूपमा सभा चलिरहेकै थियो।

यसपछि मतपरिणाम घोषणा गर्नुअघि बेलामा सभाको बैठकमा ट्विस्ट आयो। मन्सुरीले सभाको अध्यक्षता गर्न माओवादी सांसद गीता तिम्सिनालाई बोलाए।

यसपछि उनी पनि सभामुखको आसनतर्फ गइन्। तर एमालेका सांसदहरूले चर्काचर्की गरे। जर्‍याकजुरुक्क उठे। सभामुखको वेल घेराउका लागि पुगे। नाराबाजी गरे। सभा एकछिन अलमलमा पर्‍यो। मन्सुरी पनि अलमलिए।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की सांसद तिम्सिना सभामुखको आसनतर्फ अघि बढेसँगै एमाले सांसदहरुले नाराबाजी थालेका थिए। बैठक स्थगित हुँदासम्म पनि नाराबाजी चर्किरहेको सुनिन्थ्यो। यही बीचमा उनले मतदान गर्न पनि समय निकाले।

चर्काचर्की अझ बढ्ने अवस्था देखेका मन्सुरीले आफैँ अन्तिम मतपरिणाम पनि घोषणा गर्ने निर्णय लिए। उनको घोषणाअनुसार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए। विश्वासको मतसिद्ध गर्न आवश्यक ४७ मत पुगेकाले थापाले प्रदेशसभाबाट विश्वासको मत पाएको उनले घोषणा गरे। एमाले सांसदहरूले नाराबाजी चर्काइरहे।

सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १३, नेकपा एसका ४ जना र जसपाका एक जना सांसद छन्। उनीहरुले नै थापालाई विश्वासको मत दिएको आकलन गरिएको छ। उनको विपक्षमा ३० मत परेको थियो। उपस्थित ७७ मध्ये कुनै पनि सांसद तटस्थ बसेनन्। प्रदेशमा ९३ जना सांसद छन्। १६ जना अनुपस्थित बसेका थिए। गयलहरू एमाले र राप्रपाका सांसद हुन्।

बैठकको अध्यक्षता गरेका मन्सुरीले पनि मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत दिए। सभाको अध्यक्षता गरेकै अवस्थामा मतदान पनि गरेको आरोप/प्रमाणबाट बच्नका लागि उनले गीतालाई अध्यक्षता गर्न बोलाएका थिए। गीता मतदान गर्दाको अवस्थामा सांसदको हैसियतामा थिइन्।

यदि गीताले अन्तिम परिणाम घोषणा गर्न पाएको भए मरिणाम घोषणाको अध्यक्षता गरेका व्यक्तिले सांसदका रूपमा मुख्यमन्त्रीलाई विश्वासको मत जिकिर गर्न सकिने ठाउँ गठबन्धनले निर्माण गर्न खोजेको थियो। तर त्यो ठाउँ बनाउन गठबन्धनले पाएन।

मन्सुरीको घोषणापछि पनि एमालेका सांसदहरूले चाराबाजी चर्काइरहेको अवस्थामा सभाको बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको घोषणा मन्सुरीले गरे।

सभाको अध्यक्षता गर्ने व्यक्तिले  प्रदेशसभामा मत बराबर भएको अवस्थामा मात्र मत दिन पाउने व्यवस्था नेपालको संविधानमा छ। थापाले विश्वासको मत पाएको घोषणा गरिएपनि यो विषय अदालतमा जाने देखिएको छ।

अध्यक्षता गर्ने व्यक्तिले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएको विषयमा मुख्यमन्त्री थापाले अब यो विषय अदालतमा जाने उसैले निरुपण गर्ने बताएका छन्। ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरु अदालत जानुहुन्छ। सर्वोच्चले व्याख्या गर्ला,’ उनले भने। यद्यपि यो स्थिति निर्माणको कारण भने उपसभामुख भएको उनको आरोप छ। यसको जिम्मा पनि उनैले लिनुपर्ने थापाको भनाइ थियो।

‘उपसभामुखले आज बैठक डाकेर आफू भाग्न मिल्छ? यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखबाट भयो। उहाँले जिम्मेवारी लिनुपर्छ,’ उपसभामुख र एमालेप्रति आक्रोशित सुनिएका उनले भने, ‘एमालेले आफ्ना दलका ज्येष्ठ सदस्यलाई छुट्टि बस्न लगाएर प्रदेशसभा खाली गर्ने? आज जसले अध्यक्षता गर्नुभयो, उहाँ सभामुख होइन। उहाँसँग मतदान गर्ने अधिकार छ। आजको कदमले प्रदेशसभाको औचित्य सावित भएको छ।’

सभा बैठकको भिडियो

प्रकाशित: २०८० भदौ ४ गते सोमबार ०६:४०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना