वासिङ्टन डिसी– अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन्।
होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो।
होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुन्। उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका थिए। मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने होलान डेमोक्र्याट पार्टीका प्रभावशाली सिनेटर हुन्।



