२०८३ कार्तिक ११ गते मङ्गलबार

विभेदकारी व्यवहार सुनेपछि भन्नैपर्ने भएको छ, थुक्क स्वार्थी समाज

 |  गणेश लम्साल
Sanket

गणेश लम्साल

विराटनगर, भदौ ६
Capture

यो सुनकाण्ड र ललिता निवास मात्र नभएर प्रदेशहरुमा भएको जात्राले प्राथमिकता पाएको समय हो। तर मलाई भने यो समयमा नचाहँदा  पनि यो  स्टाटस लेख्नुपर्ने बाध्यता भयो।

कुरा हो मेरी जीवन संगिनी कमला लम्साल दलित (विश्वकर्मा समुदायकी हुन्)। उनीसँगै मैले घरसमाजसँग विद्रोह गरेर २९ बर्षअघि विवाह गरेको हुँ। संघर्षका क्रममा हामीले धेरै उतार चढाव झेल्यौँ। मजदुरबाट पत्रकार हुँदै निष्ठापूर्वक आफ्नो पेसालाई निरन्तर सहयोग पुर्‍याइरहेको छु। समाजले सम्मान पनि दिएको छ। मेरा दुई छोरीहरु शिक्षित छन्। दुवैले पत्रकारिताको उच्च शिक्षा अध्यन गरेका छन्। कान्छी छोरी एमपीए पनि गर्दैछिन् सत्ताईस वर्षको डेराबासपछि हामीले आफ्नो कमाईबाट बल्ल तीन महिना अघि ऋणपान गरेर याक्सो (घर बनाएर) मोरङको करैगा गाउँमा बसोवास गर्न थाल्यौँ।

छिमेकीहरुलाई सकेको हार्दिक सहयोग पनि गरिरहेका छौँ। तर जब उनिहरुले मेरी जिवनसाथी विश्वकर्मा हुन् भन्ने थाहा पाए तब हाम्री छोरीहरुलाई मानसिक यातना दिन थालेका छन्। मैले जग्गा खरिद गरेर घर बनाउँदा पनि आफ्नो परिचय लुकाएको थिइनँ। लुकाउँदिनँ पनि।

सकभर सबैलाई सम्झाउने प्रयत्न गर्छु तर आज मलाई साह्रै पीडा भएको छ। छिमेकीले हाम्रौ परिवालाई दलित भनेर देउता लाग्छन्, घरभित्र नछिर! भनेर मेरा छोरीहरुलाई विभेद गर्न थालेका रहेछन्। मैले चेतावनी दिएको छु। के कसैले जग्गा खरिद गर्दा म उच र निच हुँ भनेर अनमति लिएर मात्र बसोवास गर्नुपर्ने नियम छ? दलितकी छोरीसँग विवाह गरेकै कारण हामी कसरी अछुत भयौ? उच्च शिक्षा गरेका मेरा छोरी र जीवनसाथी कसुर अछुत? दलितले जग्गा खरिद गर्दा घर बनाउँदा हामी दलित हौ यहाँ बनाउने पाउँछौ कि पाउदैनौँ भनेर सोधी हिँडनु पर्ने? के अरुले ल्याएका मलेच्दहरू नेपालको सम्मानित नागरिक हुने तर मेरी जीवन साथीलाई मैले लम्साल भनेर २० वर्ष अगाडि नै नागरिकता दिलाएपनि उनी अछुत नै हुने? छ्या। यो कस्तो व्यवस्था र कस्तो सोच।

कसैले धम्की नलगाउनु। फेरि पनि मेरो परिवारमा जातकै कारणले मानसिक यातना दिने काम भयो भने कोही जेष्ठ नागरिक र जातिय श्रेष्ठता प्राप्त गरेकको व्यक्त्ति वा समुदाय हो भनेर म भन्ने छैन। प्रमाणसहित कानुनी उपचारमा जाने छु। हो मैले दलितकी छोरीसँग विवाह गरेकै हो।

र हामी हाम्रो परिवार सफल बनाउन अहिलेसम्म सफल भएकै छौँ। तर मलाई अन्यन्तै दुख र पीडा भएको चाँहि के हो भने सदियौँदेखि यसरी उत्पीडन सहेर बाँचिरहेका दलितहरुले यस्तो अत्यचार झन कसरी सहिरहेका होलान्? मान्छे भएर मान्छेकै समाजमा सम्मानपूर्वक बाच्न पनि नपाउने? अन्तमा म त्यही व्यक्त्ति हुँ जसले जातीय विभेदकै कारण जन्मदिने आमाको कर्म गर्न पाइनँ।

मलाई र मेरी जीवनसाथी र छोरीहरुलाई स्वीकार गर्न नचाहने वंशलाई पनि बहिष्कार गरिरहेछु। विचारले प्रगतिशील व्यक्त्ति मैले म र मेरा श्रीमती र छोरीहरुलाई स्वीकार नगरेकै कारण कुनै आर्थिक सहयोग नगर्ने घोषणालाई पनि अवलम्वन गरिरहेकाे छु। भोलि पनि म कुनै वंशको काजक्रिया र कर्मकाण्डमा कहिल्यै सहभागी पनि हुनेछैन। तर यो बेला कामले थाकेर आएपछि परिवारबाट यो विभेदकारी व्यवहार सुनेपछि मैले भन्नैपर्ने भएको छु , थुक्क जात व्यवस्था , थुक्क स्वार्थी समाज , थुक्क तिमीहरुको जातीय अहंकार। तर तिमीहरुले परास्त हुनैपर्छ। यो देश तिमेरुको मात्र हैन।

(लम्सालकाे फेसबुकबाट)

प्रकाशित: २०८० भदौ ६ गते बुधबार १०:०७
Sanket

गणेश लम्साल

लम्साल नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत विराटनगर संवाददाता हुन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना