२०८३ कार्तिक १३ गते बिहिबार

महिना दिनपछि संसदमा जनताका सवाल, भ्रष्टाचारका सबै काण्डमा छानबिन गर्न माग

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ ६
parliament-24
फाइल तस्बिर।

काठमाडौँ- करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन्। दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै प्रतिनिधिसभाको बैठक बस्न सकेको हो।

दलीय आधारमा आफ्ना धारणा राख्नेक्रममा सांसदले वर्षायाममा देखिएका बाढी पहिरोलगायत प्राकृतिक विपद्, डेङ्गी तथा पशु चौपायामा देखिएको लम्पी स्किन सङ्क्रमण नियन्त्रण, विकास निर्माणका काममा भएको ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रणलगायत विषय संसद्‍मा आएका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नका लागि प्रमुख प्रतिपक्षले खेलेको भूमिका सफल भएको दाबी गरे। लोकतन्त्रमा प्रतिपक्षीको आवाज पनि संसद्ले सुन्नुपर्ने उनको भनाइ छ। भष्ट्राचारका मुद्दामा सरकारले ‘स्टन्ट’ बाजी गर्ने नभई गहिरो जरासम्म पुग्ने गरी अनुसन्धान गर्नुपर्ने सुझाव बाँस्कोटाले दिए।

सांसद हितराज पाण्डेले सुन तस्करी सम्बन्धमा छानबिनका  लागि गठन गर्न लागिएको आयोगले यसअघिका सुन तस्करीसँग सम्बन्धित विषयमा पनि गम्भीर खोजबिन गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, सदन चलाउन सरकारले गरेको पहलपछि अहिले गतिरोध अन्त्य भएको र नागरिकसँग जोडिएका विषय संसद्मा आउन सकेको बताए।

सांसद महेशकुमार बर्तौलाले देशभरका पशु चौपायामा देखिएको लम्पी स्किन सङ्क्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना गरे। लम्पी स्किन रोगबाट पशु चौपाया मरेर अर्थतन्त्रमा रु डेढ खर्बभन्दा बढीको क्षति भइसक्दा पनि पनि सरकार, सम्बन्धित मन्त्रालय र विभाग गम्भीर हुन नसकेको बताए। पशु रोग नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याउन, निःशुल्क खोपको व्यवस्था गर्न र पशु प्राविधिक खटाउन सरकारले तत्काल कदम चाल्नुपर्ने सांसद बर्तौलाको भनाइ छ। भूमिहीन, सुकुम्बासीले जग्गा पाउन नसकेको विषय पनि उनले संसद्मा उठाए।

सांसद प्रदीप पौडेलले देशभर बाढी पहिरो र वर्षाका कारण धनजनमा क्षति भएकोमा उचित राहत उपलब्ध गराउन माग राखे। कार्यसूचीमा प्रवेश नगरेर संसद् बैठक स्थगित भएमा त्यस्तो बैठकको भत्ता सांसदले नपाउने व्यवस्था कानुनी रुपमै गरिनुपर्ने पनि पौडेलको भनाइ थियो। भष्ट्राचारका काण्ड छनोट गरेर अनुसन्धान अघि बढाउने नभई सबै प्रकारका काण्डको छानबिन गरिनुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, सांसद रामनाथ अधिकारीले पनि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत प्राकृतिक विपद् व्यवस्थापनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए। डेङ्गु र लप्पी स्किन सङ्क्रमण नियन्त्रणका लागि पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

सांसद राजेन्द्र बजगाईँले ललिता निवास जग्गा प्रकरण, गिरीबन्धु टिस्टेटलगायत विषयमा सरकार र प्रमुख प्रतिपक्ष दुवैतर्फका दलहरुले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए। नेपालमा धार्मिक सहिष्णुता भङ्ग भइरहेका घटनाबारे पनि उनले संसद्को ध्यानाकर्षण गरे।

लामो समयसम्म संसद् अवरुद्ध हुँदा नागरिक र जनजीविकाका समस्या संसद्मा आउन नपाएको धारणा सांसद कान्तिका सेजुवालले राखे। त्यस्तै, भारतको उत्तराखण्डस्थित केदारनाथ मार्गको पहिरोमा परेका १६ जना नेपाली नागरिकमध्ये १३ जना अझै बेपत्ता रहेकोमा उनीहरुको खोजी कार्यका लागि सरकारबाट पहल हुनुपर्ने बताए। भक्तपुरको कैदी सुधारगृहमा भएको घटनाको विषय पनि उनले संसद्मा उठाए।

सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली तथा दुर्गम जिल्लामा खाद्यान्न अभाव भएको विषय संसद्मा उठाएका थिए।

प्रकाशित: २०८० भदौ ६ गते बुधबार ०७:४७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना