काठमाडौं- ब्राजिलियन सुपरस्टार नेयमार सम्मेलित साउदी अरेवियन क्लब अल हिलाल एएफसी च्याम्पिन्स लिग खेल्न भारत आउने भएको छ।
विहिबार भएको लिगको फिक्चर अनुसार समूह चरणमा अल हिलालले भारतको मुम्बई सिटीसँग पनि प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर १९ बाट सुरु हुने लिगमा अलहिलाल समूह डीमा परेको छ।
यो समूहमा हिलालसँगै एफसी नासाजी महाजारान्डरन, मुम्बई सिटी र नाबाहोर छन्। अल हिलाल र मुम्मबई सिटीको खेल पुने स्थती बालेवाडी रंगशाला पुनेमा हुने बताइएको छ। यो रंगशालाको क्षमता ११ हजार ६०० हो। यो खेलको मिति सार्वजनिक हुन भने बाँकी छ।


