काठमाडौँ- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शुल्क बढाएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। आईओईले दोब्बरभन्दा बढीले स्नातक तहको शुल्क वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।
भदौ ४ मा सूचना निकालेर आईओईले स्नातक तहमा शुल्क वृद्धि गरिएको बताएको थियो। यसपछि विद्यार्थीहरू विरोधमा छन्। विद्यार्थी संगठनहरूले वृद्धि गरिएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार विभिन्न विद्यार्थी संगठनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट माइतीघरसम्म विरोध र्याली निकालेका छन्।
यसअघि स्नातक इन्जिनियरिङका लागि आईओईले ३ लाख १३ हजार रुपैयाँ शुल्क वृद्धि गरेको छ। अब स्नातक अध्ययनमा ७ लाख ७५ हजार ४२० रूपैयाँ खर्च हुनेछ। यसअघि साढे ४ लाखमा इन्जिनियरिङ पढ्न सकिने अवस्था थियो।
विद्यार्थीहरूले नेपालमा अध्ययन महँगो भएको भन्दै व्यंग्यात्मक नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। यसमध्ये एक थियो:-
बा हुन्देऊ
खेत बेचेर नेपालमा इन्जिनियरिङ गर्नुभन्दा बरु
विदेश जान्छु!













