२०८३ साउन १४ गते बिहिबार

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १४
meterbyaj (9)
मिटरब्याज पीडितले माइतीघरमा गरेको प्रदर्शन। तस्बिर : नेपाल क्लिक्स

काठमाडौँ- सरकारले मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो।

मिटरब्याजलाई अपराध घोषणा गरी मुलुकी अपराधसंहितामा आवश्यक संशोधन गरी कानुनी दायरामा ल्याउन सकिने व्यवस्था गरिने उनको भनाइ छ। यसअघि मिटरब्याजलाई अपराधका रूपमा परिभाषित गरिएको थिएन।

१२ दिन पैदल हिँडेर मधेशबाट मिटरब्याजपीडित राजधानी आइपुगेका छन्। सोमबार दिउँसो खुलामञ्चमा प्रवेश गर्न लागेका पीडितलाई प्रवेश गर्न रोक लगाएपछि पीडित रातभर सडकमा नै बस्न बाध्य भएका थिए।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पीडितले मार्चपास गरेका थिए। दिउँसो माइतीघर हुँदै संसद भवन पनि मार्चपास लिएर पीडित पुगेका थिए।

आन्दोलनमा समर्थन जनाउन राजनीतिक दलका नेता र विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउन पुग्ने क्रम जारी छ। मिटरब्याज पीडितको मार्चपास काठमाडौँ आइपुग्नेबित्तिकै यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्टलगायतले ऐक्यबद्धता जनाएको थियो। यस्तै जनमत पार्टीका नेता सीके राउतले पनि हिजै मार्चपासमा सहभागी भएर ऐक्यबद्धता जनाएका थिए।

मिटरब्याजलाई अपराध घोषणा गरी मुलुकी अपराधसंहितामा आवश्यक संशोधन गरी कानुनी दायरामा ल्याउन सकिने व्यवस्था गरिने उनको भनाइ छ। यसअघि मिटरब्याजलाई अपराधका रूपमा परिभाषित गरिएको थिएन।

मंगलबार आन्दोलनमा ऐक्यबद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका सांसद ज्ञानबहादुर शाही पनि पुगेका थिए। तर ज्ञानबहादुरलाई आन्दोलनकारीले फर्काएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रवादी भएको र राजतन्त्र पनि सामान्तवादलाई नै प्रश्रय गर्ने तथा आफूहरू पनि सामन्तवादबाटै पीडित भएको भन्दै उनीहरूले फर्काएका थिए। शाही पुग्नेबित्तिकै प्रदर्शनकारीले नाराबाजी गरेका थिए। ‘राजतन्त्र पक्षधर चाहिँदैन’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका थिए।

उता काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फेसबुमा स्टाटस लेख्दै पीडितलाई पशुपति धर्मशालामा बस्ने प्रबन्ध मिलाए पनि नमानेको दाबी गरेका छन्। अभियानमा आफ्नो ऐक्यबद्धता भएको र यस्तो अवस्थामा कसैले पनि काठमाडौँ आउन नपरोस् भन्ने उनको स्टाटसमा उल्लेख छ। यद्यपि खुलामञ्चमा बस्न नदिएको विषयमा उनले उल्लेख गरेका छैनन्। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि १२ दिन हिँडेर आइपुगेका मिटरब्याज पीडित रातभर सडकमा नै बस्न बाध्य भएका थिए।

गत वर्ष २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन मिटरब्याजपीडितहरू काठमाडौँ आई धर्ना बसेका थिए। धर्ना बसेपछि सरकारले असोज १ गते उनीहरुसँग सम्झौता गरेको थियो। सम्झौतामा गृह मन्त्रालयले सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, पीडितलाई राहत प्रदान गर्ने उल्लेख थियो। तर उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरू राज्यको ध्यान आकर्षण गर्न मधेशदेखि पैदलै काठमाडौँ आइपुगेका हुन्।

प्रकाशित: २०७९ चैत १४ गते मङ्गलबार ०६:००
प्रतिक्रिया

थप समाचार

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...

जापानको कुमामोतोमा भूकम्प, ३० जनाको मृत्यु

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको...

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी, किसान समस्यामा

जनकपुरधाम: सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन्। रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा: बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन...

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर: हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ। जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन्। उनीहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना