काठमाडौं– पाल्पामा गुडिरहेको स्कार्पियो पहिरोले पुरिँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाउको छ। त्यस्तै ७ जना घाइते भएका छन् ।
गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो । पहिरोमा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको थियो ।


