जनकपुरधाम- एसिया कपको नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक बिदा दिएको छ।
दिउँसो सवा ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि बिदा दिइएको हो।
जनकपुरधाम उपमहानगरपालिकाले एक विज्ञप्ति निकाल्दै गौरवशाली नेपाली क्रिकेट टोलीको हौसला बढाउनलाई विद्यालय बिदा दिएको उल्लेख गरेको छ।
आज उपमहानगर अन्तर्गतका सबै संस्थागत सामुदायिक विद्यालय २ बजेपछि बन्द गरिएका छन्।
मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग एसिया कपमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछ।



