काठमाडौँ- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त भएकी छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट १२ औँ तहकी मिश्रालाई विभागको जिम्मेवारी दिइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए।
यसअघि विभागको महानिर्देशक डा दीपेन्द्ररमण सिंह थिए। उनलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ।
यस्तै मन्त्री कान्ति बाल अस्पतालको निर्देशक पदमा पंकज रायलाई लगिएको छ। यसअघि त्यहाँ डा युवानिधि बसौला थिए।


