काठमाडौं- नेपाली टिमका सन्दीप लामिछानेले पाकिस्तानविरुद्धको खेलमा विकेट लिएका छन्। सन्दीपको बलमा मोहम्मद रिजवान रन आउट भएका हुन्।
२३.४ ओभरको खेलमा सन्दीपले रिजवानलाई आउट गराएका हुन्। नेपालले तेस्रो विकेट झार्दासम्म पाकिस्तानले १११ रन बटुलेको छ।
मुल्तान स्टेडियममा टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि यसअघि रोहित पौडेलले पनि विकेट लिएका थिए।नेपाली टिमको कप्तानी सम्हालिरहेका रोहितले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन्। रोहितले विकेट लिँदा ६.१ ओभर खेलेको पाकिस्तानले २५ रन बनाएको थियो।
त्यसअघि करण केसीले पाकिस्तानको पहिलो विकेट लिएका थिए। करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका हुन्। करणको बलमा विकेट किपर आसिफ शेखले क्याच गरेका थिए।
नेपालको प्लेइङ सेटमा बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह छन्।


