काठमाडौँ- सहकारी संस्थाका लागि संकलन गरेको ठूलो रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको हाउजिङ लिलामीमा जाने भएको छ।
बस्नेतको कोहिनुर हिल हाउजिङ प्रालि लिलामीका लागि कर्मचारी सञ्चय कोषले सूचना जारी गरेको हो।
ललितपुर इमाडोलस्थित निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्ने प्रक्रिया सुरु गरिएको छ। ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएकाले लिलामी गर्न लागिएको कोषको भनाइ छ।
लिलामी सकार्न कोषले ३५ दिनको समय दिएको छ। कोषलाई बस्नेतले करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने कोषको भनाइ छ।



