काठमाडौं– चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ। लामो समय मानव आउजाउ बन्द रहेको तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुल्ने भएको हो।
गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आउजाउ गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। ‘नेपाल तर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौं’, उनले भने।
२०७२ भूकम्पयता तातोपा सनी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहकवारीको आउजाउ खुलेको थियो। प्रजिअ न्यौपानेले यसअघि मानिस आउजाउ भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आउजाउका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।


