काठमाडौँ– सरकारी स्वामित्वको विद्युत् प्राधिकरणले शनिबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घन्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने सूचना निकालेको छ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले बताएको हो।
हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ। प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार विद्युत् आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्थासमेत गरिएको छ।


