काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा पारस खड्का विजयी भएका छन्।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै विजयी भएका हुन्।
शुक्रबार भएको मतदानमा खड्काले २३ मत पाएका थिए। प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरे।
१३ सदस्य रहने क्यान बागमती कार्यसमितिमा पारसको टिमबाट मात्र १२ जना चयन भए।
