२०८३ कार्तिक ११ गते मङ्गलबार

मानिसलाई पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो समाजवाद

 |  अग्नि सापकोटा
Sanket

अग्नि सापकोटा

काठमाडौँ, भदौ १६
agni_sapkota

संविधानमा लोकतन्त्रका सबै आयामलाई समेटिएको छ। नेपाली मौलिकता र विशेषतालाई ध्यान दिइएको छ। लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्धता व्यक्त गरिएको छ। त्यसैगरी लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने कुरा संविधानमा स्पष्टसँग उल्लेख गरिएको छ। यो हाम्रो निकै ठूलो दुरगामी महत्वको सफलता हो। यसलाई हामीले सामाजिक न्याय सहितको समाजवादका रुपमा व्याख्या र विश्लेषण गरेर कार्यान्वयन गर्न सुरु गर्नु पर्दछ। समाजवाद कसरी निर्माण गर्ने, यसलाई कसरी खँदिलो बनाउने र विकास गर्ने भन्ने जस्ता विभिन्न आधारभूत प्रश्नहरुको स्पष्ट र क्रमिक जवाफ दिनु पर्दछ। हाम्रा जवाफहरुले मार्क्सवादमा नयाँ दृष्टिकोणको प्रादुर्भाव, नयाँ पद्दतिको सुरुवात र समाजवादको बुझाईलाई नयाँ वैज्ञानिक स्तरमा उठाउने छ।

मार्क्सवाद स्थिर छैन। यो समाजको गति, हाम्रो अभ्यासको प्रगति र विज्ञानको विकाससँगै अगाडि बढ्ने हो। सामाजिक न्याय सहितको समाजवादको विकास गर्नु हाम्रो ठूलो उद्देश्य हो। हामी विकासगत दृष्टिकोणले समाजवादमा आवद्ध रहनु पर्दछ। समाजवादको अन्तरनिहित आवश्यकता भनेको निष्पक्षता र न्याय हुन्। हामीले जनतामा संयोजित कार्यहरुमा भर पर्दै आर्थिक र सामाजिक विकासको आधारमा समाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्थाहरु विकास गर्नु पर्दछ। समाजका विभिन्न विषयहरु मध्ये समान अधिकारहरु, समान अवसरहरु र सबैका लागि स्वच्छ नियमहरु भएको अवस्था सुनिश्चित गर्नु पर्दछ। स्वच्छ सामाजिक वातावरण बढाउन र शासन व्यवस्था र विकासमा जनताको सहभागिताको समान अधिकार सुनिश्चित गर्नु पर्दछ।

‘नेपालमा समाजवादको स्थापना हाम्रो रणनीतिक लक्ष्य एवं कार्यभार हो। हाम्रा सबै नीति, कार्यक्रम र आचरण २१औँ शताब्दी अनुरुपको समाजवादी नेपाल निर्माण गर्नमा नै अभिमुख हुनेछ। समाजवाद उन्मुख समृद्धि हासिल गर्नुलाई तत्कालको मूल कार्यभार बनाउदै समाजवादको आधार तयार पार्दै अन्ततः समाजवादको लक्ष्य पुरा गरिने छ।’

वर्तमान संविधानले समाजवादको लक्ष्य निर्धारण गरेपनि त्यसको स्पष्ट व्याख्या गरेको छैन। हाम्रो पार्टी नेकपा(माओवादी केन्द्र) वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित समाजवाद निर्माणको पक्षमा छ। अन्य देशहरुमा अभ्यास गरिएका समाजवादको यान्त्रिक अनुकरण गरिने छैन वरु त्यसबाट शिक्षा लिदै नयाँ मोडेलको समाजवादको विकास गरिने छ। समाजवादलाई श्रमजीवी वर्ग र सिङ्गो मानव जातिको मुक्तिमा केन्द्रित राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकसहित समग्र प्रणालीको आत्मसात गरिने छ। मानवमाथि हुने सबै प्रकारका भेदभाव तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको सर्वत्तोमुखि विकास एवं पूर्ण स्वतन्त्रता र प्रकृति एवं पर्यावरणको रक्षा, सन्तुलन हाम्रो समाजवादको मूल अन्तर्य हुनेछ। २१ औं शताब्दी अनुरुप नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद लोकतन्त्रको उच्चतम् रुप हुने छ। त्यसमा व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिश्पर्धा सुनिश्चित गरिने छ।

समाजवाद उन्मुख समृद्धि हासिल गर्नुलाई तत्कालको मूल कार्यभार बनाउदै समाजवादको आधार तयार पार्दै अन्ततः समाजवादको लक्ष्य पुरा गरिने छ।

समाजवाद मानिसलाई पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो। यो आधारभूत रुपमा नयाँ सँस्कृति र सभ्यताको अभियान हो। समाजवाद मुख्यतः मूल्यसँग जोडिएको व्यवहार हो। समाजवाद गुणात्मक रुपमा एक नयाँ समाज पनि हो। यो विशेषत आधुनिक वैज्ञानिक एवं प्राविधिक उपलब्धिहरुमा आधारित आफ्नै राष्ट्रिय अर्थतन्त्रको सिर्जना गर्ने आवश्यकतामा आधारित हुन्छ। विकासका क्रममा राष्ट्रिय चेतनाको विकास र जनतामा समाजवादी विचारधारा अपनाउन उत्प्रेरित गर्नु पर्दछ। त्यसखालको वातावरण बनाउन वैचारिक कामका साथसाथै सामाजिक एवं राजनैतिक लोकतान्त्रिक संगठनहरु निर्माण, विकास, विस्तार र सुदृढीकरण अभियानहरु चलाउनु पर्दछ।

वास्तविक लोकतान्त्रिक तरिकाले समाजको सबलीकरण गर्नु, किसानहरुको हित अनुकूल भूमि व्यवस्थापनका समस्या समाधान गर्नु, श्रमिकहरुलाई सुखी, संमृद्ध बनाउने नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्नु, जनसमुदायका बीचमा मित्रता र भातृत्वको विकास गर्नु अभियानका मुख्य लक्ष्य हुनु पर्दछ। बौद्धिक क्षेत्रतर्फ विचारमा नेतृत्वदायी भूमिका खेल्नु पर्दछ। शैक्षिक तथा साँस्कृतिक विकासको उच्चस्तर कायम गर्नु पर्दछ। बौद्धिक, नैतिक एवं शारीरिक शक्तिको अविरल विकास नै समाजवादका विशेषताहरु हुन्। समुदायका बीचमा सामुहिकता, मित्रता, एकता र सहयोगमा आधारित जीवनपद्धति समाजवादको अर्को महत्वपूर्ण विशेषता हो। जनसमुदायलाई सच्चा देशभक्त र सदाचारी हुन सदैव उत्प्रेरित गरिरहनु पर्दछ। यी उल्लेखित मान्यतालाई व्यवहारमा प्रस्तुत र स्थापित गर्दै समाजवादको नमूना पेश गर्न उद्धत रहनु पर्दछ।

समाजवाद श्रम, ज्ञान, प्रतिभा, सिप तथा सिर्जनाको सम्मान गर्ने अभियान हो। काम गर्ने व्यक्तिहरुको हितको संरक्षण गर्ने र अधिकार सुनिश्चित गर्ने सर्वोत्तम राज्यव्यवस्था समाजवाद हो। हामीले उन्नत समाजवादको नमूना प्रस्तुत गर्न जनताको बुद्धि र बलको प्रयोग गर्नु पर्दछ। जनसमुदायको भावनालाई आत्मसात गर्दै अभियान अगाडि बढाउनु पर्दछ। राष्ट्रको सम्पूर्ण जाँगर र शक्तिलाई जागृत गर्न देशभक्तिपूर्ण राष्ट्रिय चेतनाको विकासमा जोड गर्नु पर्दछ। आफ्ना क्षमताहरुलाई पूर्ण रुपमा परिचालन गर्नु पर्दछ। जनसमुदायको सिर्जनशीलता र रचनात्मकतालाई प्रस्फुटन गराउनमा नमूना बन्नु पर्दछ।

समृद्धि, लोकतन्त्र, स्वतन्त्रता, समानता, न्याय, कानुनी राज्यको व्यवस्था, देशभक्ति, समर्पण, इमान्दारिता र मित्रतासहितका सारभूत समाजवादी मूल्य मान्यता र आदर्शहरुलाई जीवन व्यवहारमा लागू गर्दै नेपाली मौलिकता र विशेषता सहितको समाजवादी जग खडा गर्ने दिशामा दृढ इच्छा शक्तिका साथ प्रयत्न गरे समाजवादी समाज स्थापनाको नेपाली सपना साकार पार्ने हाम्रो संकल्प पूरा हुनेछ।

प्रकाशित: २०८० भदौ १६ गते शनिवार ०७:१८
Sanket

अग्नि सापकोटा

सापकोटा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता हुन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना