२०८३ साउन १३ गते बुधबार

पोखरामा पुस्तक साटासाट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

पोखरा, भदौ १६
library_day

पोखरा- शुक्रबार बिहान पनि पोखराका साहित्यकारहरू एउटा जमघटमा जुटे। साहित्यप्रेमी पोखरेली हिमालयन रिडर्स कर्नरमा पुगेका थिए। पोखरेली साहित्यानुरागीलाई यसपटक बहाना बनेको थियो- १६औं पुस्तकालय दिवस।

कर्नरमा पुग्नेहरूको हातहातमा फरकफरक किताब थियो।

किताब नलिएर आएकाहरु रिडर्स कर्नरमै रोजीरोजी पुस्तक किन्न व्यस्त देखिन्थे।

पुस्तकसँगै सहभागी भएका उनीहरुले धमाधम आफ्नोसहित आफूले ल्याएको पुस्तकको नाम टिपाए।

जति सहभागी छन्, सबैको संख्या पुग्ने गरी गोला बनाई कचौरामा राखियो। लेखक गनेस पौडेलले एउटा गोला थुते। नम्बर निस्कियो, २४।

२४ नम्बर प्रदीप कुमालको नाममा थियो।

पौडेलले मञ्चमा कुमाललाई डाक्दै लेखक कुमार नगरकोटीको ‘कल्पग्रन्थ’ सुम्पिए।

लेखक पौडेलले सुरुमै प्रदीप कुमाललाई कल्पग्रन्थ सुम्पिएपछि सहभागी धेरैले खुसी मनाए, ‘अहो! किताब उपहार परोस् त यस्तो!’

प्रदीपले चाहिँ नेपालीमा अनुवाद गरिएको एडल्फ हिटलरको जीवनीकृति ‘मेरो संघर्ष’ लिएर गएका थिए। प्रदीपले उनी पछि नम्बर परेका अर्को व्यक्तिलाई आफूसँग भएको पुस्तक साटे।

र्‍यान्डम रिडर्स सोसाइटीले शुक्रबार पोखरामा पुस्तक साटासाट गरेर १६औं पुस्तकालय दिवस मनाएको हो।

कार्यक्रममा सहभागी हुनका लागि प्रत्येकले पुस्तक ल्याउनैपर्ने सूचना जारी गरिएको थियो। सोहीअनुसार उनीहरुले फरकफरक पुस्तक लिएर कार्यक्रममा आएका थिए।

सोसाइटीले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बर्सेनि पुस्तक साटासाट गरेर दिवस मनाए पनि कोभिड महामारीयता रोकिएको थियो।

पोखरामा पुस्तकको परिचर्चा, बहस र पठन संस्कृतिसँग सम्बन्धित कार्यक्रम गर्दै आएको सोसाइटीको साहित्यका रुपीन्द्र प्रभावीको नेतृत्वमा आएसँगै पुस्तक साटासाट कार्यक्रमलाई पुनः निरन्तरता दिइएको हो।

यसअघि पत्रकार केशवशरण लामिछाने संस्थाको नेतृत्वमा थिए।

०६७ सालमा स्थापना भएर पोखरामा साहित्यिक गतिविधि चलाइरहेको र्‍यान्डम रिडर्स सोसाइटीको नयाँ कार्य समितिलाई पदस्थापन गराइसकेपछि संस्थापक अध्यक्ष तथा लेखक गनेस पौडेलबाट गोला थुत्ने र पुस्तक साट्न सुरु भएको थियो।

कार्यक्रममा सहभागी ४० भन्दा बढी पोखरेली साहित्यप्रेमीले एकअर्कासँग पुस्तक साटासाट गरेर पुस्तकालय दिवस मनाए।

संस्थाका अध्यक्ष रुपीन्द्र प्रभावीले पठन संस्कृति विकास गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।

उनले कोभिड महामारीपछि रोकिएको संस्थाको साहित्यिक गतिविधिलाई निरन्तरता दिने सुनाए।

‘संस्थाको नयाँ नेतृत्व आएपछि पहिलो कार्यक्रम नै पुस्तक साटासाट गरेर मनाउन पाएका छौं। अबदेखि संस्थाले आफ्नो नियमित कार्यक्रम जारी राख्छ,’ उनले भने, ‘प्रत्येक महिनाको अन्तिम शनिबार हुने नियमित कार्यक्रमबाहेक पनि अन्य नयाँ योजनाहरु अगाडि ल्याएका छौं।’

संस्थाले भदौ अन्तिम शनिबार डा नवराज केसीको शून्यको मूल्यमाथि परिचर्चा गर्ने भएको छ।

प्रकाशित: २०८० भदौ १६ गते शनिवार ०८:०७
प्रतिक्रिया

थप समाचार

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान

कोलोराडो: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय...

‘भीरफूल’ लिएर आए जनक

काठमाडौँ: गजलकार जनक सन्यालको गजलसङ्ग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ। आइतबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमकाबीच मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह, साहित्यकार रेनुका शोलु, पूर्ण रावल,...

पाँचौँ इलाम साहित्य महोत्सव सम्पन्न, १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना