काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै सिंहदरबारमा नै आगो लगाइदिने गैरजिम्मेवार टिप्पणी गरेका हुन्।
मेयर शाहले काठमाडौं महानगरपालिकाको गाडी रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्।
‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार,’ उनको स्टाटसमा लेखिएको छ।
(अपडेट): शनिबार बालेनकी पत्नी सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेका थिए। सार्वजनिक बिदामा सरकारी गाडी चलाउन जिल्ला प्रशासनको पत्र प्रहरीले मागेका थिए। काठमाडौं महानगरका मेयर बालेन्द्र साहको गाडी भएको बताएका थिए।
गाडीमा मेयर पत्नी सवार थिइन्। पछि प्रहरीले छोडिदिएको थियो।


