२०८३ कार्तिक १४ गते शुक्रबार

एसिया कपः विश्वविजेता भारतसँग मैदानमा उत्रिँदै नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
nepal cricket1
फाइल तस्बिर

काठमाडौं– नेपाल आज एसिया कपअन्तर्गत विश्वविजेता भारतसँग मैदानमा उत्रिँदै छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पहिलो पटक विश्वविजेता भारतीय टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार अपराह्न सवा ३ बजे खेल सुरु हुनेछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम हो। दुवै टिमले पहिलो चरणका खेल खेलिइसकेका छन्। पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले हार बेहोरेको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक–एक अंक जोडेका छन्।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर–फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। आज विजयी हुने टिम सुपर फोरमा पुग्नेछ। पानी परेर खेल नभए भारत स्वतः सुपर फोरमा पुग्नेछ। यद्यपि आइतबारदेखि नै आज श्रीलंकाको मौसम अदलीबदलीय पानी पर्ने पूर्वानुमान गरिसकिएको छ।

नेपालले पाकिस्तानविरुद्ध खेलको सुरुआतमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समय पाकिस्तानी टोलीसामु टिक्न नसक्दा हार बेहोरेको थियो। ब्याटिङमा नेपाली खेलाडीलाई भारतीय तीव्र गतिका बलरको सामना चुनौतीपूर्ण हुनेछ। भारतका तीव्र गतिका बलर जसप्रित बुमराह भने नेपालसँगको खेलमा सहभागी हुने छैनन्।

आजको खेलमा नेपाली टिमका कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, अर्जुन साउद, श्याम ढकाल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोराले भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपालसँग भारतीय टिमका रोहित शर्मा, श्रीयास ऐयर, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, विराट कोहली, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जदेजा, इशान किशन, सन्जु सामसन, कुलदिप यादव, मोहम्मद शामी मैदानमा उत्रिनेछन्।

नेपाली टिमको हौसला बढाउन श्रीलंकामा रहेका नेपाली समर्थकका साथै काठमाडौंका मेयर बालेन साह, रास्वपा सभापति रवि लामिछानेलगायतको टोली श्रीलंका पुगिसकेको छ।

प्रकाशित: २०८० भदौ १८ गते सोमबार ०७:२०
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना