काठमाडौं– एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेलमा नेपालले एक विकेट गुमाएको छ। नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको हो। कुशल २५ बलमा ३८ रन बनाएर आउट भए।
९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ। ओपनर आसिफ शेखले २२ रन जोडेका छन्। शेखलाई साथ दिन अहिले भीम सार्की क्रिजमा आएका छन् ।


