काठमाडौं– एसिया कप अन्तर्गत भारत विरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन्।
उनलाई रविन्द्र जडेजाले आउट गराएका हुन्। यसअघि रवीन्द्र जडेजाले नै नेपालका भीम सार्कीलाई आउट गराएका थिए। त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए।
