२०८३ साउन १३ गते बुधबार

पल्लेकेले मैदानमा रोकियो वर्षा, खेल हुन नसके के होला नतिजा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
srilanka_rain

काठमाडौँ– श्रीलंकाको पल्लेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भइरहेको नेपाल र भारतबीचको खेलमा वर्षा बाधक बनेको छ। वर्षाका कारण खेल रोकिएको एक घण्टाभन्दा बढी समय भइसकेको छ। स्थानीय समयअनुसार ९:५० बजे वर्षा रोकिएको छ। अब १० मिनेट कुरेर एम्पायरले खेल हुने वा नहुने निर्णय लिनेछन्।

पुनः वर्षा नभएको खण्डमा खेल हुनेछ। पुनः खेल सुरु हुँदा ओभर घट्ने छ। झन्डै पाँच मिनेट बराबर एक ओभर घट्ने गर्दछ। ओभर घट्दा लक्ष्य पनि घट्नेछ। २० ओभरमाथि ओभर घट्ने अनुमान गरिएको छ।

खेलको कट अफ टाइम स्थानीय समयअनुसार १०:२० (नेपाली समय अनुसार राती १०:३५ सम्म) रहेको छ। त्यसबेलासम्म पनि सुरु हुन नकसे खेल रद्द भएको घोषणा एम्पाएरले गर्न सक्नेछन्। त्यसअघि सुरु भएमा २० ओभरमा सीमित हुने सम्भावना छ। २० ओभरमा सीमित भए खेलको लक्ष्य १३० मा झर्नेछ। खेल रद्द भएको अवस्थामा भारत सुपर फोरमा पुग्नेछ।

हालसम्मको अवस्थामा नेपालले दिएको २३१ रनको लक्ष्य भारतले पछ्याइरहेको छ। भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको अवस्थामा छ। नेपालले भारतका कुनै पनि विकेट लिन सकेको छैन। शुभमन गिलले ६ बलमा ३ चौकासहित १२ रन बनाएका छन् भने रोहित शर्माले ७ बलमा १ चौकासहित ४ रन बनाएर टिमका लागि १७ रनमा छन्।

नेपालले ४८.२ ओभरमा अलआउट हुँदै उक्त लक्ष्य दिएको हो। भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाएका हुन्।

अलराउण्डर सोमपाल कामीले ४८ रन जोडेका थिए। ओपनर कुशल भुर्तेलले ३८ रन जोड्दा दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भएका थिए।

सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ रन बनाउँदा कुशल मल्ल दुई रनमै आउट भए भने करण केसीले २ रन जोडे। बलिङमा भारतका रविन्द्र जडेजा र मोहमद सिराजले ३–३ विकेट लिए। मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो।

प्रकाशित: २०८० भदौ १८ गते सोमबार १०:१४
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना