काठमाडौँ- एपीएफकी सीता राना मगरले उत्कृष्ट ब्याटिङ गरेपछि उनको टिमले ललितपुर मेयर कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफले उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ए विकेट गुमाउँदै निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो। १५५ रनको ठूलो लक्ष्य पाएको कोशी प्रदेश २० ओभर खेल्दै ६ विकेट गुमाएर १०० रनमा समेटिएपछि उसले ५४ रनको हार बेहोरेको हो।
पहिलो पारीमा ओपनर ज्याति पाण्डे दुई रनमै आउट भइन् भने सीता राना मगरले ७९ रन बनाइन्। एनले ६८ बलमा ९ चौका र दुई छक्काको साथमा सो रन बनाएकी हुन्।
एपीएफले इन्दू बर्माले ५१ रनको अर्धशतकीय पारी खेलिन्। प्रदेश १ की एलिसा खडियाले एक विकेट लिइन्।
जवाफमा एपिएफकी बिनु बुडाले दुई विकेट लिइन् भने रेखा रावल, सोनु खड्का, र नेरी थापाले समान १–१ विकेट लिए। त्यसक्रममा प्रदेश १ की रुविना क्षेत्रीले ४१ र लकिता राजवंशीले २१ रन बनाइन्।
ल्लितपुर मेयर कपको उपाधि जितेको एपिएफले गएको माघमा इटहरीमा सम्पन्न भएको प्रधानमन्त्री कपमा आशातित प्रदर्शन गरेको थिए। उसले सेमीफाइनलमा प्रदेश १ (कोशी)सँग हार बेहोरेको थियो। एपिएफको टिम बनेयता ऊ पहिलो पटक फाइनलमा पुग्न सकेको थिएन।
ललितपुर मेयरका अपराजित रहँदै उपाधि जितेको हो। प्रधानमन्त्रीको कपको उपाधि जितेको सुदूरपश्चिम भने ललितपुर मेयर कपमा फाइनल पुग्न सकेन्।


