कास्कीकोट- पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटको भाद्रारी चोतारीमा दहीको होली खेल्ने जात्रा सम्पन्न भएको छ। घरघरबाट दही ल्याएर भाडा राख्दै भजनकीर्तन गरेर दहीजात्रा सम्पन्न गरिएको हो।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको हो। भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दहीको होली खेल्ने जात्रा हुँदै आएको छ।
गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा होली खेलिएको हो। यो जात्रा संरक्षण गर्न पोखरा २४ वडा कार्यालयले सघाएको छ।
विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको गुप्तकालिका काश्यप धार्मीक क्षेत्रविकास समितिमा सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए। कास्कीकोटको भाद्रारी चौतारामा परापूर्व कालदेखि दहीको जात्रा गर्ने गरीएको त्रिपाठीले बताए।
दही जात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले सञ्चालन गर्दे आएका छन्।




