काठमाडौँ- अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको विनिमय दरले देखाएको छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई डलर बिक्री गर्न परे १ डलर दिनका लागि १३३ रुपैयाँ ४४ पैसा लिनेछ। यस्तै सर्वसाधारणबाट डलर किन्न परेको अवस्थामा भने सर्वसाधारणलाई १३२ रुपैयाँ ८४ पैसा मात्र दिने गरी विनिमय दर तोकिएको छ।
बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा तोकेको थियो।
अमेरिकी डलर महँगिने बित्तिकै नेपालमा आयात हुनै सबै वस्तुको मूल्य बढ्नेछ। यस्तै विदेशी पर्यटकले नेपालमा आएर कारोबार गरे नेपाललाई केही फाइदा पुग्ने पनि हुन्छ। नेपाली वस्तु बिक्री गरी नगण्य मात्रामा डलर आम्दानी गर्ने नेपालाई डलर महँगिदा बढी असर पर्ने गर्छ।
पछिल्लो १५ दिनको विनिमय दर



