प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहानसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। चितवनको भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै दाहालले यस्तो बताएका हुन्। ‘सबै कुरा मिलिसकेको छ। एक दुईवटा मन्त्रयालय टुंग्याउन बाँकी छ। नत्र कुनै समस्या छैन। आजै साँझ वा भोलि बिहानसम्म क्याविनेट विस्तार हुनेछ,’ उनले भने।
बुधबार साँझ बसेको सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा टुंगो लगाएको थियो। प्रधानमन्त्री दाहाले चितवनस्थित गौतमबुद्ध क्रिकेट स्टेडियम अलपत्र हुन नदिने प्रतिवद्धता समेत गरेका छन्। धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला अहिले अलपत्र अवस्थामा छ। रकम अभावको कारण देखाउँदै फाउन्डेसनले निर्माण कार्य छाडेको छ भने सरकारले स्वामित्व ग्रहण गरिसकेको छैन।


