काठमाडौं– चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले चितवन कांग्रेसका पूर्वसभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनी नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएक थिए।


