नेपाली कांग्रेसले तनहुँ–१ मा वैशाख १० हुने उपनिर्वाचनमा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मंसीर ४ गते सम्पन्न निर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको थियो। यस्तै कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
(यसअघि प्रकाशित समाचार शीर्षकमा तनहुँ-२ भएकोमा सच्याइएको छ। सं.)


