काठमाडौँ- केएल राहुल र विराट कोहलीको शतकको योगदान गरेपछि भारतलेलाई पाकिस्तानलाई फराकिलो लक्ष्य प्रस्तुत गरेको छ। शुभमन गिल, रोहित शर्माले अर्धशतकसमेतको योगदानमा भारतले निर्धारित ५० ओभर खेलेर ३५७ रनको लक्ष्य प्रस्तुत गरेको हो।
एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको भारतले २ विकेट गुमाएर ३५६ रन जोडेको हो।
आइतबार भारतले २४ दशमलव १ ओभरमा खेलेपछि वर्षाले अवरुद्ध भएको थियो। त्यसबेला भारतले १४७ रन बताएको थियो। सोही खेल सोमबार भएको हो।
भारतका लागि केएल राहुल र विराट कोहलीले १९४ बलमा अविजित २३३ रनको साझेदारी गरे।
राहुलले १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १११ रन जोडेका थिए। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२२ रन बनाए।
खेलमा पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १/१ विकेट लिएका थिए।
एसिया कप सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत छन्। चारै टिमबीच एकापस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।


