काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाध्यक्ष सुवास नेम्बाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्बाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्बाङ परिवार, गणतन्त्र पक्षधर तथा एमालेप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।


