प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। केही मन्त्रालयमा दलहरुबीच सहमति जुट्न नसक्दा बिहीबार नै हुने भनिएको मन्त्रिपरिषद विस्तार शुक्रबारसम्मलाई सरेको हो। प्रधानमन्त्रको सचिवालयका अनुसार नयाँ मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो ३ बजेका लागि तय भएको छ।
मिल्न बाँकी मन्त्रालयका सन्दर्भमा सहमति जुटाउन प्रधानमन्त्री दाहाल आफैं लागेका छन्। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग संवाद गरिरहेको उनको सचिवालयले जानकारी दियो।
सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २–२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय लिने गरी बुधबार नै सहमति जुटेको थियो।


