२०८३ साउन १३ गते बुधबार

‘हामीलाई राउन्डबाटै घिसार्दै लगेर कुटपिट गरियो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
Hetauda_doc

काठमाडौँ-  हेटौँडा उपमहानगरपालिका-१ स्थित सञ्चो अस्पतालमा बुधबार बिहान १० बजे २०/३० जनाको संख्यामा मानिसहरू पुगेका थिए।

उनीहरूको आक्रोश चिकित्सकमाथि थियो। उनीहरू डाक्टर विकास थापा र प्रशान्त बिडारीलाई खोजिरहेका थिए।

थापा-बिडारी दोस्रो तलामा रहेको आइसीयू र एचडीयू वार्डको राउन्डमा थिए।

‘एउटा समूह आएर कुरा गर्नु छ भनिरहेका थिए, हामी राउन्डमा व्यस्त थियौं,’ डाक्टर थापाले भने।

उनीहरू उनीहरू सरासर थापा र बिडारी भएतिर दौडिए।

‘त्यहाँ जाने तीन वटा ढोका छन्, तीमध्ये एउटा ढोका थुने,’ अस्पतालको प्रशासन विभागमा कार्यरत कर्मचारी रोजन कँडेलले भने।

थापाका अनुसार काम गरिरहेको ठाउँबाट दुबैलाई घिस्याएर बाहिर निकाले। त्यसपछि कुटपिट गर्न थाले।

‘हामी दुवै जनालाई काम गरिरहेको ठाउँबाट घिसार्दै लगियो, अनि कुटपिट गर्न थालियो,’ उनले भने।

कुटपिटबाट थापाको गालाको हड्डी भाँचिएको छ। बिडारीको अनुहारमा चोट छ। दुबै आँखाको बाहिरी भाग कालो भएको छ।

कँडेल थप्छन्, ‘उनीहरूले सिधै डाक्टरमाथि कुटपिट गर्न थाले। ढोकामा जो आउँछन् उसलाई कुटपिट गरे।’

चिकित्सकमाथि भकाभक आक्रमण गरेर त्यो समूह हिँड्यो। कोही पनि पक्राउ परेनन्।

चिकित्सक थापा उपचारका लागि बिहीबार काठमाडौं आइपुगेका छन्। बिडारी हेटौंडा छन्।

‘मलाई चाहिँ असुरक्षा महसुस भयो, नेपाल मेडिकल काउन्सिलमा साथीहरू हुनुहुन्छ, त्यहाँ गएर छलफल गर्छु,’ थापाले भने।

चिकित्सक कुटपिटको यो घटना एक बिरामीको मृत्यु प्रकरणसँग जोडिएको छ।

गत साउनको तेस्रो साता हेटौंडा उपमहानगरपालिका-१२ का राजेश प्रधान उक्त अस्पतालमा भर्ना भएका थिए।

थापाका अनुसार साउन २२ गते प्रधान अस्पतालमा भर्ना भएका थिए। परीक्षण गर्दा उनलाई निमोनियाँ र डेंगु दुबै देखिएको थियो।

चिकित्सकले एक दिनपछि (साउन २४ गते) त्यहाँ उपचार नहुने भनी चितवन मेडिकल कलेजमा रिफर गरेका थिए। साउन २५ गते प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उपचारका लापरबाही गरेको भन्दै केही व्यक्तिहरूले डाक्टरमाथि कुटपिट गरेको बताए।

चिकित्सकमाथि कुटपिटमा प्रधानकी श्रीमती, छोरालगायत रहेको उनले बताए।

चिकित्सकले प्रहरीमा निवेदन दिएका छन्। तर, त्यो निवेदन स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनको पहिलो संशोधन २९७९ को ढाँचामा छैन।

‘उक्त ऐनमा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गर्नेहरूलाई कारबाही हुने प्रबन्ध छ,’ कार्कीले भने, ‘उक्त ऐनअनुसार निवेदन लिएर उहाँहरू आएपछि कारबाहीको प्रक्रिया अघि बढ्छ।’

थापाले कुटपिट भएकोबारे कानुनी उपचारमा गइसकेको बताए। ‘म यता आएको छु, बिडारी सर प्रहरीमा जाँदै हुनुहुन्छ, हिजो प्रहरीसँग सल्लाह भएको थियो,’ थापाले भने।

प्रकाशित: २०८० भदौ २८ गते बिहिबार ११:२६
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना