२०८३ कार्तिक १४ गते शुक्रबार

‘हामीलाई राउन्डबाटै घिसार्दै लगेर कुटपिट गरियो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
Hetauda_doc

काठमाडौँ-  हेटौँडा उपमहानगरपालिका-१ स्थित सञ्चो अस्पतालमा बुधबार बिहान १० बजे २०/३० जनाको संख्यामा मानिसहरू पुगेका थिए।

उनीहरूको आक्रोश चिकित्सकमाथि थियो। उनीहरू डाक्टर विकास थापा र प्रशान्त बिडारीलाई खोजिरहेका थिए।

थापा-बिडारी दोस्रो तलामा रहेको आइसीयू र एचडीयू वार्डको राउन्डमा थिए।

‘एउटा समूह आएर कुरा गर्नु छ भनिरहेका थिए, हामी राउन्डमा व्यस्त थियौं,’ डाक्टर थापाले भने।

उनीहरू उनीहरू सरासर थापा र बिडारी भएतिर दौडिए।

‘त्यहाँ जाने तीन वटा ढोका छन्, तीमध्ये एउटा ढोका थुने,’ अस्पतालको प्रशासन विभागमा कार्यरत कर्मचारी रोजन कँडेलले भने।

थापाका अनुसार काम गरिरहेको ठाउँबाट दुबैलाई घिस्याएर बाहिर निकाले। त्यसपछि कुटपिट गर्न थाले।

‘हामी दुवै जनालाई काम गरिरहेको ठाउँबाट घिसार्दै लगियो, अनि कुटपिट गर्न थालियो,’ उनले भने।

कुटपिटबाट थापाको गालाको हड्डी भाँचिएको छ। बिडारीको अनुहारमा चोट छ। दुबै आँखाको बाहिरी भाग कालो भएको छ।

कँडेल थप्छन्, ‘उनीहरूले सिधै डाक्टरमाथि कुटपिट गर्न थाले। ढोकामा जो आउँछन् उसलाई कुटपिट गरे।’

चिकित्सकमाथि भकाभक आक्रमण गरेर त्यो समूह हिँड्यो। कोही पनि पक्राउ परेनन्।

चिकित्सक थापा उपचारका लागि बिहीबार काठमाडौं आइपुगेका छन्। बिडारी हेटौंडा छन्।

‘मलाई चाहिँ असुरक्षा महसुस भयो, नेपाल मेडिकल काउन्सिलमा साथीहरू हुनुहुन्छ, त्यहाँ गएर छलफल गर्छु,’ थापाले भने।

चिकित्सक कुटपिटको यो घटना एक बिरामीको मृत्यु प्रकरणसँग जोडिएको छ।

गत साउनको तेस्रो साता हेटौंडा उपमहानगरपालिका-१२ का राजेश प्रधान उक्त अस्पतालमा भर्ना भएका थिए।

थापाका अनुसार साउन २२ गते प्रधान अस्पतालमा भर्ना भएका थिए। परीक्षण गर्दा उनलाई निमोनियाँ र डेंगु दुबै देखिएको थियो।

चिकित्सकले एक दिनपछि (साउन २४ गते) त्यहाँ उपचार नहुने भनी चितवन मेडिकल कलेजमा रिफर गरेका थिए। साउन २५ गते प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उपचारका लापरबाही गरेको भन्दै केही व्यक्तिहरूले डाक्टरमाथि कुटपिट गरेको बताए।

चिकित्सकमाथि कुटपिटमा प्रधानकी श्रीमती, छोरालगायत रहेको उनले बताए।

चिकित्सकले प्रहरीमा निवेदन दिएका छन्। तर, त्यो निवेदन स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनको पहिलो संशोधन २९७९ को ढाँचामा छैन।

‘उक्त ऐनमा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गर्नेहरूलाई कारबाही हुने प्रबन्ध छ,’ कार्कीले भने, ‘उक्त ऐनअनुसार निवेदन लिएर उहाँहरू आएपछि कारबाहीको प्रक्रिया अघि बढ्छ।’

थापाले कुटपिट भएकोबारे कानुनी उपचारमा गइसकेको बताए। ‘म यता आएको छु, बिडारी सर प्रहरीमा जाँदै हुनुहुन्छ, हिजो प्रहरीसँग सल्लाह भएको थियो,’ थापाले भने।

प्रकाशित: २०८० भदौ २८ गते बिहिबार ११:२६
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना