२०८३ साउन १३ गते बुधबार

आजबाट सुरु हुँदै आईपीएल, गुजरात र चेन्नई आमनेसामने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १७
ipl 2023

काठमाडौँ- सन् २००८ बाट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। एक लाखभन्दा धेरै दर्शक क्षमताको नरेन्द्र मोदी रंगशालामा राति पौने ८ बजे सुरु हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले चार पटकको विजेता चेन्नई सुपर किंग्सको सामना गर्नेछ।

चार वर्षपछि आईपीएलमा उद्घाटन समारोह हुन लागेको छ। आइपीएलमा सन् २०१८ पछि ओपनिङ सेरेमोनी हुन सकेको थिएन। सन् २०१९ को प्रतियोगिता अघि पुलवामा हमलामा मृत्यु भएका सीआरपीएफका जवानलाई उद्घाटन समारोहमा खर्च हुने रकम दिइएको थियो। त्यसपछि, कोभिड-१९ महामारी फैलिएपछि प्रतियोगितालाई समेत प्रभाव पारेको थियो। यस्तोमा आईपीएल नै युएईमा आयोजना गर्नु परेको थियो।

यो वर्ष भने उद्घाटन समारोह साँझ सवा ६ बजे सुरु हुँदैछ। उद्घाटनमा नायिका तमन्ना भाटिया, रस्मिका मन्धना र अरिजितजस्ता स्टारले प्रस्तुति दिनेछन्। आयोजकले हिजो बिहीबार नै कलाकारबारे जानकारी दिएको थियो। बलिउड अभिनेत्री क्याट्रिना कैफ र नायक टाइगर स्राफले पनि प्रस्तुति दिने भारतीय मिडियामा उल्लेख छ।

प्रतियोगिता तीन वर्षपछि होम एन्ड अवे फर्म्याटमा खेल्ने आयोजकले जानकारी दिएको छ। यसरी आजको खेल गुजरातको घरेलु रंगशाला अहमदाबादमा खेलिने छ। आईपीएलमा चेन्नई सफलमध्येको टिम हो। १३ मध्ये ११ पटक प्रतियोगिताको प्ले अफमा पुगेको चेन्नईले महेन्द्र सिंह धोनीको कप्तानी चार पटक उपाधि उचालिसकेको छ। 

गुजरातसँग चेन्नईको रेकर्ड राम्रो भने छैन। पछिल्लो सिजनबाट मात्र आईपिएल खेल्न थालेको गुजरातले चेन्नईसँग दुईपटक मात्र खेले पनि दुवैमा जित निकालेको छ। त्यसैले चेन्नईलाई आज पहिलो जित निकाल्ने अवसर हुनेछ। त्यसमाथि चेन्नइसँग बेन स्टोक्स, रविन्द्र जाडेजा र महेन्द्र सिंह धोनीजस्ता उत्कृष्ट खेलाडीको साथ पनि छ। तर चोटका कारण धोनीले पहिलो खेल खेल्नेमा भने शंका छ। उनी अभ्यासको समयमा घाइते भएका थिए। तर क्लबले उनी खेल्ने बताएको छ।

यता गुजरातलाई भने उपाधि रक्षा गर्ने दबाब छ। हार्दिक पान्ड्या, राखिद खान र मोहम्मद शामीसँग मैदानमा उत्रने भएकाले आजको खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ। 

प्रकाशित: २०७९ चैत १७ गते शुक्रबार ०१:२३
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना