दाङ – कुशेऔंसीको दिन बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसी छन्। उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले ५१ वर्षीय बुवा प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो। मादक
सन्तोषले घरायसी विवादमा मादक पदार्थ सेवन गरी बुवालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।


