काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लको सरुवा माग्दै गृह मन्त्रालयमा चिठी लेखेका छन्।
आफूले भनेको नटेरेको भन्दै राईले दुई दिनअघि मल्लको सरुवा मागेर गृह मन्त्रालयमा चिठी लेखेका हुन्।
चिठीको बोदार्थ प्रहरी प्रधान कार्यालय, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई समेत दिइएको छ।
राईले धरानमा अर्का डिएसपी पठाइदिन चिठीमा अनुरोध गरेका छन्।
राईले पत्रमा आफूलाई असहयोग नगरेको, स्थानीय सरकारले भनेको नमानेको, पत्र नपठाई केही गर्न नमानेको र ढुङ्गा-गिटी बालुवा तस्करलाई पक्राउ गर्न नगएको लगायतका दाबी गरेका छन्।
मल्लले शान्ति सुरक्षामा खासै काम नै नगर्ने गरेको राईको दाबी छ।
मल्लले सार्वजनिक जग्गा अतिक्रमण नरोकेको, तस्करको अतिक्रमण रोक्न समयमा नआएको दाबी गरेका छन्।
मल्लले बरू आफूलाई गाली बेइज्जती गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी अनुसन्धान नगरेको, आफूले दिएको उजुरीसमेत दर्ता नगरेको आरोप राईले लगाएका छन्।



