काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ लेअसोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।
अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने ‘अल्टिमा अनलाईन मेला’ मा बिहान ९ देखी ११ सम्म र साँझ ६ बजे देखि राती ८ बजेसम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेका सीइओ प्रविन रेग्मीले जानकारी दिएका छन् ।


