काठमाडौँ । भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नयाँ उत्पादन ‘जन्तो’ को आगमनको घोषणा गरेको छ। भदौ ३० गते हायात रिजेन्सीमा आयोजित एक प्रतिष्ठित कार्यक्रममा जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयरजस्ता विभिन्न आधुनिक घरेलु उत्पादनको खुलासा गरेको थियो ।
युनाइटेड र युकुक ब्राण्डका विभिन्न सामग्री पनि प्रदर्शनमा राखिएको थियो। नेपाली भान्सामा जन्तोका उत्पादनले उच्च स्थान पाउनुका साथै भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफको भनाइ छ।
कार्यक्रममा डिलरलाई सम्मान तथा रिटेलरलाई चाडवाडको अवसरमा सर्पाइज कोसेलीको पनि व्यवस्था थियो।


