काठमाडौँ– नेपाल विद्युतीय व्यवसायी महासंघले रक्तदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ। महासंघ रुपान्तरण भएको दिन भदौ ३० लाई रुपमा मनाउँदै बृहत रक्तदान कार्यक्रम गरेको हो।
सो अवसरमा विभिन्न ४५५ जना व्यक्तिहरुले रक्तदान गरेका थिए। महासंघको जिल्ला तथा नगर संघबाट पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
नेपाल विद्युतीय व्यवसायी महासंघ काठमाडौं, मोरङ इलेक्ट्रिक संघ, इटहरी विद्युतीय व्यवासायी संघ, पोखरा इलेक्ट्रिक एसोसिएन, विद्युतीय व्यवसायी संघ नारायणगढ, पूर्वी चितवन विद्युतीय व्यवसायी संघ रत्ननगर, कैलाली विद्युतीय व्यवासायी संघ र नवलपुर विद्युतीय व्यवसायी संघले छुट्टाछुट्ै रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए।


