काठमाडौँ- नाडा अटो शो-२०२३ मा ७६ हजार दर्शकले अवलोकन गरेका छन्। भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा भएको शोमा विभिन्न ब्रान्डका गाडी र सवारीसम्बन्धी उपकरण र सामग्री राखिएको थियो।
शोमा नयाँ ब्रान्डका सवारी साधनहरू पनि लन्च गरिएको थियो। प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (विवाइडी) बन्दा उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नि मोटोनिक प्रा.लि (जावा) ले जितेको छ।
लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा.लि (फोर्स मोटर्स ) ले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज ( लिक्वीइमोली स्टुडोजले) जितेको नाडाले जानकारी दिएको छ।
नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेन्ट सर्भिस प्रा.लिका निर्देशक केशव खत्री समेत सदस्य रहनेगरी तीन सदस्यि छनोट समिति समेत गठन गरेको थियो।
नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो। यस वर्षको थप आकर्षणमा याडिया इलेक्टीक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो।
समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. ध्रुव थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्वअध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाललगायत उपस्थित थिए।
थापाले नाडा अटो शो २०२३ लाई सफल बनाउन सहयोग पुर्याउने सरोकारवाला कम्पनी र संस्थालाई धन्यवाद दिए। ६ दिनसम्म चलेको सो प्रदर्शनीमा माननीय उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेत लगायत विभिन्न मन्त्रालयका सचिव तथा विभागिय प्रमुखहरुले समेत अवलोकन गरेका थिए।


