काठमाडौँ- जापानमा सडक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० बिजुलेका रमेश पुरीको मंगलबार बिहान मृत्यु भएको हो।
रमेश एक वर्षअघि अध्ययनका लागि जापान पुगेका थिए।
मृतक रमेश सोही वडाका पूर्ववडाध्यक्ष ज्ञानबहादुर पुरीका जेठा छोरा हुन्।


